दोहोरो अंकले बढ्यो नेप्से

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं। बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ ।

बुधबार नेप्सेमा वित्त कम्पनी, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकमा गिरावट हुँदा अन्य उपसूचकहरू भने बढेका छन् । हाइड्रोपावर उपसूचक ०.३१ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.२१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी सर्वाधिक ०.४५ प्रतिशतले गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि भएपनि बुधबार कारोबार रकम भने घटेको छ ।  यस दिन ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ ।

आज नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved