नेप्से परिसूचक ५.८८ अंकले वृद्धि १ अर्ब ६० करोडको कारोबार

नेपालभ्युज

नेप्से परिसूचक ५.८८ अंकले वृद्धि १ अर्ब ६० करोडको कारोबार

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ।

आजको कारोबारमा राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आदर्श लघुवित्त र ग्लोबल आईएमई ब्यालेन्स फन्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved