राजेश हमाल, शिव श्रेष्ठ र सरोज खनाल एकै फिल्ममा देखिँदै

यो फिल्मलाई ‘नाइँ नभन्नु ल’ फेम्ड विकासराज आचार्य र खनाल दुवैले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। सरोज खनालले भने, ‘‘यो फिल्ममा मसहित राजेश हमाल शिव तीन समकालीन कलाकारले अभिनय गर्नेछौँ।’’

नेपालभ्युज

राजेश हमाल, शिव श्रेष्ठ र सरोज खनाल एकै फिल्ममा देखिँदै

काठमाडौं। चर्चित अभिनेताहरू राजेश हमाल, शिव श्रेष्ठ र सरोज खनालबीच फेरि एकसाथ सहकार्य हुने भएको छ। समकालीन कलाकारहरू राजेश हमाल र शिव श्रेष्ठ र सरोज खनाललाई दर्शकले एकै फिल्ममा देख्न पाउने भएका छन्।

यो सहकार्य लामो समयपछि हो।
हिमालय टिभी एचडीको एक कार्यक्रममा अभिनेता तथा निर्देशक खनालले नयाँ फिल्मको घोषणा गरे। दशैंपछि छायांकन सुरु हुने जानकारी दिए।

यो फिल्मलाई ‘नाइँ नभन्नु ल’ फेम्ड विकासराज आचार्य र खनाल दुवैले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। उनले भने, ‘‘यो फिल्ममा मसहित राजेश हमाल शिव तीन समकालीन कलाकारले अभिनय गर्नेछौँ।’’

फिल्ममा राजेश र आफ्नो समानान्तर भूमिका हुने पनि उनले जनाए। अर्को एक भूमिकामा शिवलाई लिने सोच बनाइरहेको सरोजले बताए। उक्त अन्तर्वार्तामा खनालले आफूलाई प्रचण्ड र देउवाले चुनावका लागि अफर गरेको तर आफूले अस्वीकार गरेको दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved