नेप्सेमा ३.३१ अंकको सामान्य वृद्धि, कारोबार रकम घट्दै

नेपालभ्युज

नेप्सेमा ३.३१ अंकको सामान्य वृद्धि, कारोबार रकम घट्दै

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ ।  मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ ।

आज बैंकिङसहित अन्य केही उपसूचकमा गिरावट हुँदा नेप्सेमा ३.२९ अंकको सामान्य वृद्धि भएको हो । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अन्य उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यस्तै, निर्जीवन बिमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका छन् ।

बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने घट्दै गएको छ । आइतबार ९० करोड र सोमबार ७३ करोडमा झरेको सेयर कारोबार मंगलबार झनै घटेर ६४ करोड १ लाखमा आइपुगेको छ ।

मंगलबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved