दोहोरो अंकले घट्यो नेप्से, ९० करोडको कारोबार

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, ९० करोडको कारोबार

काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १६.९६ अंकले गिरावट हुँदा १८२१.६४ अंकमा बन्द भएको छ ।

नेप्सेमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ । गत बिहीबार करिब ५८ करोडको कारोबार भएको सेयर बजारमा आइतबार  बढेर ९० करोड ६ लाख बराबरको कारोबार भएको  हो ।

आइतबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। यस्तै ४० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved