सर्वोच्चलाई रविको जवाफ- ‘महान्यायाधिवक्ताको निर्णयमाथि परीक्षण गर्न सक्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध झुटा कागजात पेश गरेर राहदानी लिएको विषयमा अदालतमा मुद्दा नलाग्ने बताएका छन् ।

नेपालभ्युज

सर्वोच्चलाई रविको जवाफ- ‘महान्यायाधिवक्ताको निर्णयमाथि परीक्षण गर्न सक्दैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध झुटा कागजात पेश गरेर राहदानी लिएको विषयमा अदालतमा मुद्दा नलाग्ने बताएका छन् ।

रविले झुटा विवरण पेश गरेर राहदानी लिएको भन्दै युवराज सफलले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको सिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाल नेतृत्वको इजलासले विपक्षीसँग मागेको जवाफमा रविले यस्तो बताएका हुन् । आफ्ना वारेस अधिवक्ता मोहम्मद अफताव आलममार्फत लिखित जवाफ पेश गरेर यस्त जवाफ दिएका हुन् ।

महान्यायाधिवक्ताले संविधानले दिएको अधिकार प्रयोग गरेर मुद्दा नचल्ने निर्णय गरिसकेको भन्दै उनले त्यसविरुद्ध न्यायिक परीक्षण हुन नसक्ने बताएका हुन् ।

रविले संविधानको धारा १५८ (२) ले महान्यायाधिवक्तालाई नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार दिएको भन्दै महान्ययााधिवक्ताको यो निर्णय अन्तिम हुने दाबी गरेका छन् । त्यहाँ भनेका छन्, “महान्यायाधिवक्ताले सदासयपूर्वक आफ्नो विवेक प्रयोग गरी गरेका निर्णय उपर कसैको अधिकार हुँदैन, त्यस सम्बन्धमा निजलाई संविधानले नै व्यवसायिक उन्मुक्ति प्रदान गरेको हुन्छ भनी नेकाप २०५८ नि नं ७००१ मा श्री सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादन गरेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved