युक्रेनलाई नेटोको बृहत् सैन्य सहयोग

नेपालभ्युज

युक्रेनलाई नेटोको बृहत् सैन्य सहयोग

किभ। उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भू-भाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलब्ध गराएका छन् ।

नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तबन्द गाडी र दुई सय ३० वटा ट्यांक प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।

आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको बताए । युक्रेनका नौवटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved