महिनावारीको बेला रगतको ढिक्का किन बन्छ

नेपालभ्युज

महिनावारीको बेला रगतको ढिक्का किन बन्छ

एजेन्सी।   केही महिलाहरूलाई महिनावारीका बेला रगतका ढिक्काहरू आउने समस्या हुन्छ । त्यसैले, यस लेखमा यस्ता रगतका ढिक्का किन हुन्छन् भनेर जान्ने प्रयास गर्नेछौं ।

के यो सामान्य हो ?

यदि, रगतको ढिक्का बनेर आउने गर्छ भने पनि चिन्ता गर्न पर्दैन । तर, यदी एकदमै धेरै रगत बग्नु र साथमा ठूलो-ठूलो ढिक्का बनेर रगत आइराख्यो भने डाक्टरलाई अवश्य देखाउनुहोस्।

रगतको ढिक्का आउनुका कारण

हर्मोनल असन्तुलन

शरीरमा हर्मोन्सहरूको असन्तुलनका कारण पनि महिनावारीका बेला रगतको ढिक्का निस्कने गर्छन्। महिलाहरूमा हर्मोनहरू अनियन्त्रित हुनुका पछाडि तौल घटबढ हुनु, मेनोपज तथा अनियमित महिनावारी जस्ता कारणहरू समावेश छन्।

क्यान्सर

सर्विक्स वा युटेरसमा क्यान्सरको ट्यूमर हुनुका कारण पनि रगतको ढिक्का महिनावारीको समयमा आउन सक्छन् । यस्तो समस्यामा तपाईंले धेरै रक्तश्राव झेल्नुपर्ने पनि हुन सक्छ ।

एन्डोमेट्रियोसिस

यो समस्या हुनाले पनि महिनावारीका बेला धेरै रगत बग्ने र ढिक्का आउने खालको समस्या देखिन सक्छ । त्यसैले, यस्तो असामान्य जसरी देखिएमा डाक्टरसँग सल्लाह गर्नुपर्छ।

युटेरससँग जोडिएको समस्या

युटेरससँग सम्बन्धित समस्याहरू हुनाले पनि महिनावारीका बेला रगतको ढिक्का बन्न सक्छन् । एडेनोमायोसिस, मिसकैरेज तथा फाइब्राइड जस्ता समस्याका कारण पनि रगतको ढिक्का बन्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved