यस्तो खानेकुराले बढ्न सक्छ प्रसव पिडा

नेपालभ्युज

यस्तो खानेकुराले  बढ्न सक्छ प्रसव पिडा

एजेन्सी । गर्भावस्थाको बेला महिलाहरुले आफ्नो विशेष ख्याल राख्नु पर्दछ । यस्तो समयमा हरेक चीज सोचेर बुझेर मात्र खानु पर्दछ । कुनै पनि यस्तो चिज खान हुँदैन जसले गर्भमा रहेको बच्चालाई नराम्रो असर गरोस् । आज हामी तपाईंलाई त्यस्तै खानेकुराहरुको बारेमा बताउँछौं जसलाई खाँदा प्रसव पिडा हुन सक्छ ।

जिराको चिया– गर्भावस्थामा तातो जिराको चिया पिउनाले गर्भाशयको संकुचनलाई उत्तेजित बनाउन सक्छ । त्यसैले धेरै दुखाई सहन गर्नुपर्ने हुन सक्छ ।

काँचो मेवा– काँचो मेवामा पपैइन नामक एन्जाइम हुन्छ । यसले गर्भाशयको संकुचनलाई ट्रिगर गर्दछ । त्यसैले गर्भावस्थामा काँचो मेवाको सेवन गर्नु हुँदैन ।

भुइँकटहर– यसमा ब्रोमलिन पाइन्छ । यसले प्रसव पिडा शुरु गराउने काम गर्छ । त्यसैले गर्भावस्थाको बेला यसको धेरै सेवन गर्नु हुँदैन ।

एकदमै पिरो र मसालेदार खाना– गर्भावस्थामा एकदमै पिरो र मसालेदार खानु पनि प्रसव पिडालाई बढाउनु जस्तै हो । त्यसैले गर्भावस्थाको अन्तिम चरणमा थोरै खाँदा फरक नपरे पनि अन्य समयमा खानु हुँदैन ।

मुलेठी– मुलेठीमा ग्लाइसीर्रिजन नामक तत्व पाइन्छ । यसले गर्भाशयको बेला नराम्रो असर गर्दछ । त्यसैले यसको सेवनबाट पनि बच्नु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved