नेप्सेमा दोहोरो अंकको वृद्धि, ८८ करोड ५६ लाखको कारोबार

नेपालभ्युज

 नेप्सेमा दोहोरो अंकको वृद्धि, ८८ करोड ५६ लाखको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन नेप्से १७.३६ अंकले वृद्धि हुँदा १९०५.६८ अंकमा बन्द भएको हो ।

मंगलबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकममा पनि वृद्धि भएको छ।

बैंकिङ उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.८२ प्रतिशतले वृद्धि भएको छ ।

सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।

मंगलबार सेयर बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ४४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको भने स्थिर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved