त्रिचन्द्र,रत्न राज्य,पृथ्वीनारायण र ल क्याम्पस समेत १२ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन नहुने !

त्रिभूवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाभित्रका मुख्य कलेज नेपाल ल क्याम्पस, त्रिचन्द्र क्याम्पस,विश्वभाषा क्याम्पस र आरआर क्याम्पस सहित पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि अब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भएको छ।

नेपालभ्युज

त्रिचन्द्र,रत्न राज्य,पृथ्वीनारायण र ल क्याम्पस समेत १२ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन नहुने !

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले उपत्यका भित्रका ४ सहित स्ववियु निर्वाचन हुन बाँकी रहेका १२ ठुला क्याम्पसहरूमा अब निर्वाचन नगराउने भएको छ।

त्रिभूवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार काठमाडौं उपत्यकाभित्रका मुख्य कलेज नेपाल ल क्याम्पस, त्रिचन्द्र क्याम्पस,विश्वभाषा क्याम्पस र आरआर क्याम्पस सहित पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि अब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भएको छ।

त्रिविको नियमअनुसार तोकिएको मितिमा निर्वाचन नभएका क्याम्पसहरूमा एक महिनाभित्रमा निर्वाचन गराउनुपर्ने हुन्छ । तर, वैशाख ८ गतेसम्म पनि यी क्याम्पसहरूमा निर्वाचन हुन नसकेपछी अब लगभग नहुने अबस्था देखिएको हो।

त्रिविले अब स्ववियु निर्वाचनको सम्पुर्ण कार्य बन्द भइसकेको जनाएको छ ।‘अब बाँकी कलेजमा निर्वाचन गराउन सकिदैंन’–त्रिविस्रोतले भन्यो,‘उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ। अब हुँदैन।’

उपत्यका भित्रका ४ बाहेक बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगाएत ८ क्याम्पस अब स्ववियु विहीन हुनेछ । परीक्षा चलिरहेका कारण र पठनपाठन समेत प्रभावित हुनेभएपछी निर्वाचन नगराउने पक्षमा त्रिवि पुगेको हो।

चैत ५ गते निर्वाचन हुनुपर्ने क्याम्पसमा विद्यार्थी सङ्गठनहरू कारण स्ववियु निर्वाचन हुन सकेको थिएन । तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भयो । तर,केही क्याम्पसको विवाद अदालतसम्म पनि पुगेपछी लम्बिएको थियो। उद्यपि ठुला पार्टी निकट चार विद्यार्थी संगठनले चैत ३० गते बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउने सहमति गरेका थिए तर,निर्वाचन हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved