दोहोरो अंकले बढ्यो नेप्से

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से
प्रतीकात्मक तस्वीर

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नयाँ वर्ष २०८० सुरु भएपछि नै लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेको हो । बुधबार १५.१३ अंकले वृद्धि हुँदा नेप्से १९२०.१२ अंकमा बन्द भएको हो ।

म्युचुअल फण्डबाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतले वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशतभन्दा माथिले वृद्धि भएको हो ।

नेप्सेमा वृद्धि भए पनि कारोबार रकम पनि बढ्न सकेन । बुधबार नेप्सेमा २३ हजार ५०३ वटा कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८७ करोड २१ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२० कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, ४१ कम्पनीको सेयर मूल्यमा गिरावट र १२ कम्पनीको सेयर स्थिर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved