सामसङले ल्यायो ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जीको खरिदमा क्यासब्याक अफर

नेपालभ्युज

सामसङले ल्यायो ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जीको खरिदमा क्यासब्याक अफर

काठमाडौं। विश्वव्यापीरूपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ‘ए’ सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ‘ए’ ५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ ।

यस योजनाका लागि सामसङले नबिल बैंकसँग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा रु.२०००  क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पर्फर्मेन्स र अद्भूत विशेषताहरूको कारण मोबाइल बजारलाई तताइदिएको छ ।

यी दुवै मो डलहरूमा आश्चर्यजनक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरू अद्वितीय डिजाइनहरू एवं विविध रंगहरूमा उपलब्ध छन्, जसले ग्राहकहरूलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी ग्राहकहरूका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरूले उनीहरूसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत चुनिएका स्टोरहरू अथवा ब्रान्डका शोरुमहरूबाट ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved