प्रिमियर लिग : युनाइडले नटिङ्घमलाई हरायो, आर्सनल वेस्टहमसँग बराबरीमा रोकियो

नेपालभ्युज

प्रिमियर लिग : युनाइडले नटिङ्घमलाई हरायो, आर्सनल वेस्टहमसँग बराबरीमा रोकियो

एजेन्सी।  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई हराएको छ । युनाइटेडले फरेसस्टलाई  २–० गोल अन्तरले हराएको हो ।

युनाइटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक/एक गोल गरे । जितसँगै युनाइटेड ३० खेलमा ५९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । नटिङ्घम फरेस्ट २७ अङ्क जोडेर १८औँ स्थानमा रहेको छ ।

गएराती नै भएको अर्को खेलमा शीर्ष स्थानको आर्सनल वेस्टह्यामसँग बराबरीमा रोकियो । आर्सनलले खेलको १० मिनेटमै २ गोलको अग्रता बनाएको थियो । तर अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

तालिकामा आर्सनल ७४ अङ्कसहित पहिलो र म्यानचेस्टर सिटी ७० अङ्कसहित दोस्रो स्थानमा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved