बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल

नेपालभ्युज

बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्वगभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका  छन् ।

राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । उडान शैक्षिक केन्द्रले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताए ।

‘बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ’, उनले भने, ‘बङ्गलादेशको बैंकबाट फ्लटहरुले डिजिटलको माध्यमबाट पैसा निकाले घटनाहोस् वा अन्य किसिमका गतिविधि किन नहुन्, चूनौतीपूर्ण बनिरहेको छ ।’

उनले कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना जरुरी रहेको खाँचो औँल्याए । आफ्नो क्षमता आफैले उजागर गर्नसके विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उनको भनाइ छ ।

उनले भने, ‘क्षमतावान विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो छैन । तर, त्यसका लागि कोही पनि सबै कुरामा जान्ने हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved