शेयर बजारमा उछाल : नेप्से परिसूचक ९२ अंकले बढ्यो

वैशाखदेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै शेयर बजारमा उछाल आएको छ ।

नेपालभ्युज

शेयर बजारमा उछाल : नेप्से परिसूचक ९२ अंकले बढ्यो

काठमाडौं। वैशाखदेखि बैंकको ब्याजदर घट्ने बैंकर्स संघको निर्णयसँगै शेयर बजारमा उछाल आएको छ । बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।

पछिल्लो समय निरन्तररूपमा घटिरहेको नेप्से परिसूचक बुधबार भने ९२.२२ अंक बढेको हो । परिसूचक १९६३.५५ बिन्दुमा पुगेको छ।

बुधबार कारोबार रकममा पनि सुधार भएको छ।  २७६ कम्पनीका ६१ लाख ७ हजार कित्ता सेयर १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्सेका १३ वटै उपसमूहको सूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक करिब ७ प्रतिशत बढेको छ भने लघुवित्त, बैंकिङ र विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी उकालो लागेको छ।

त्यस्तै, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ।

७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । सिद्धार्थ इक्विटी फन्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन, गणपति लघुवित्तलगायत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  सबैभन्दा धेरै शिवमको ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved