एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयक अघि बढाउँछ : प्रचण्ड

नेपालभ्युज

एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयक अघि बढाउँछ : प्रचण्ड
फाइल फोटो

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमती गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताएका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतीमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढन पार्टीका सांसदहरुलाई पनि निर्देशन दिए।

मंगलबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले विधेयकहरु अघि बढाउँदा सकेसम्म सबै दलहरुसँग सहमती गर्ने र त्यसो हुन नसकेपनि प्रक्रियामा सहमती गरेर अघि बढ्न पार्टीका सांसदहरुलाई सचेत समेत गरे । प्रधानमन्त्री दाहालले संसदमा प्रस्तुत विधेयकहरुको संशोधनमा सत्तापक्षको तर्फबाट भूमिका निर्वाह गर्न नभुल्न पनि पार्टीका सांसदहरुले आग्रह गरे ।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षसहितका सबै दलहरुको सहमतीमा विधेयकहरु अघि बढाउनका लागि भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशित गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई निर्देशित गर्नु भएको छ ।  हामी सत्तापक्ष भएको कारणले विधेयकहरु बनाउँदा, विधेयकहरु अगाडि बढ्दा प्रमुख प्रतिपक्षलगायत सबैसँग सहमतीका साथ अगाडि बढनु पर्छ’ उनले भने, ‘सहमतीमै हामीले प्रयत्न गर्नु पर्छ । यदि कन्टेन्टमा सहमती हुन सकेन भने पनि हामी प्रक्रियामा भने पनि सहमती गरेरै अघि जानुपर्ने हुन्छ । यो अहिलेको राष्ट्रको आवश्यक्ताको विषयबस्तु हो भनेर यसैमा जोड गर्ने भनेर निर्देशित गर्नु भएको छ ।’

उनले थप भने, ‘यसका साथसाथै हामीले संसदमा प्रस्तुत गर्ने जुन विधेयकहरु छन । प्रस्तुत भएका विधेयकहरुमा जुन संशोधन राख्नुपर्ने छ । हामी सत्तापक्षका भएका हुनाले हामीले सत्तापक्षको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा पनि हामीलाई निर्देशित गर्नु भएको छ ।’

‘आगामी वर्षको नीति, योजना, कार्यक्रम, बजेट आउँदैछ । त्यो बजेटलाई हामीले कसरी व्यवस्थित गर्ने हामीले हाम्रो तर्फबाट सरकारलाई के–के सुझाव दिने, कसरी हाम्रा नीति, कार्यक्रम र योजना सरकारको नीति, कार्यक्रममा लैजाने भन्ने  बारेका सुझावहरु भए यो नीति, योजना र बजेटबारे सरकारलाई सुझाव दिन पनि उहाँले भन्नु भएको छ, उनले भने  ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved