सेयर बजारमा एकल अंकको वृद्धि, कारोबार खुम्चियो

नेपालभ्युज

सेयर बजारमा एकल अंकको वृद्धि, कारोबार खुम्चियो

काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से सामान्यरूपमा बढेको छ । साताको दोस्रो कारोबार दिन आज ५.५४ अंकले वृद्धि हुँदा  कारोबार भने १८४४.०२ अंकमा बन्द भएको छ ।

सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएकोमा वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।

सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved