लामखुट्टेबाट बच्न ‘अलआउट’ कति समय जलाउने ?

नेपालभ्युज

लामखुट्टेबाट बच्न ‘अलआउट’ कति समय जलाउने ?

एजेन्सी । गर्मी बढ्दै गएसँगै लामखुट्टेहरु पनि आउन थालेका छन् । विभिन्न मौसमी रोगहरुबाट बच्नका लागि पनि लामखुट्टेसँग बच्नुपर्ने हुन्छ । त्यसैले हामीले लामखुट्टेबाट बच्नका लागि झुल, विभिन्न तरल पदार्थ, कोइल, आदिको प्रयोग गर्ने गर्दछौं । प्रायः अत्यधिक प्रयोग गरिने अलआउट जस्ता तरल पदार्थ जुन बिजुलीको माध्यमले चल्दछ ।

लामखुट्टेबाट बच्नका लागि यस्तो अलआउटहरु प्रयोग गरिन्छ । तर यसको सही प्रयोग नगर्दा यसको गन्धले अन्य समस्या पनि पार्न सक्छ । त्यसैले यस्तो सामग्री प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्ने आवश्यकता हुन्छ । यसलाई कति समय प्रयोग गर्ने भन्ने पनि यहाँ बताइएको छ ।

यस्ता सामग्रीहरु विभिन्न हानिकारक तत्वहरुले बनेका पनि हुन्छन् । जसले लामखुट्टे मार्न सहयोग गरे पनि नियमित प्रयोगले मानव जीवनमा चाहिँ नराम्रो असर पनि गरिरहेको हुन्छ । लामखुट्टे मार्ने अलआउट जस्ता सामग्रीले आँखामा जलन वा एलर्जी निम्त्याउन सक्छ । त्यस्तै धेरै मात्रामा प्रयोग गर्दा स्वास फेर्नमा समस्या पनि हुन सक्छ ।

यसको अत्यधिक प्रयोगले टाउको दुख्ने, आँखामा एलर्जी हुने, पोल्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्याहरु देखिन सक्छ । त्यसैले यसलाई साँझको बेलामा एक देखि दुई घण्टा प्रयोग गर्ने र त्यस्तो बेला आफू अर्को कोठामा बस्ने गर्नुपर्दछ । यस्ता तरल पदार्थको प्रयोग गरिसकेपछि ढोकाहरु राम्रोसँग लगाउने जसले गर्दा लामखुट्टे भित्र छिर्दैनन् । यसो गरेमा रातभर त्यस्तो सामग्री खोलेर वा बालेर राख्नु पर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved