मिटरब्याजपीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने

नेपालभ्युज

मिटरब्याजपीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने
फाइल फोटो

काठमाडौं । मिटरब्याजपीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आईतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।

वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै भोली पुन वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।

वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए। उनले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताए ।

सरकारले मिटरब्याजपीडितहरुको समस्या समाधानका लागि गृृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पीडित पक्षले मिटरब्याज असुली गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने, उनीहरुले आफूहरुमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved