एक्लै प्रदर्शनमा आयो बहाव

सँगै आउने तय भएको फिल्म प्रसाद २ निर्माताबीचको लेनदेन विवादका कारण उच्च अदालत पाटनको आदेशले रिलिज स्थगित भएपछि बहाबले सिङ्गल रिलिजको अवसर पाएको हो।

नेपालभ्युज

एक्लै प्रदर्शनमा आयो बहाव

काठमाडौं। फिल्म बहाव आज शुक्रबारबाट एकल रूपमा देशभरबाट रिलिजमा आएको छ। सँगै आउने तय भएको फिल्म प्रसाद २ निर्माताबीचको लेनदेन विवादका कारण उच्च अदालत पाटनको आदेशले रिलिज स्थगित भएपछि बहाबले सिङ्गल रिलिजको अवसर पाएको हो।

रिलिजअघि फिल्मको निर्माण समूहले बुधबार राजधानी र बिहीबार पोखरामा प्रिमियर शो गरेको छ। राजधानीको प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ।

जिज्ञासा, विचार र यथार्थ विषयवस्तु बोकेको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको ब्यानरमा निर्माण श्रीधर पौडेलले निर्माण गरेका हुन्। उनले यसअघि नेपाल सरकारको राष्ट्रिय अवार्ड प्राप्त फिल्म गोपी निर्माण गरेका थिए।

फिल्ममा कमलमणि नेपाल, सुरक्षा पन्त, अफरान अली, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्। प्रमोद कँडेलको लेखन र निर्देशनमा बनेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved