निर्माण व्यवसायीलाई चैतभित्र इजाजतपत्र नवीकरण गर्न अनुरोध

नेपालभ्युज

निर्माण व्यवसायीलाई चैतभित्र इजाजतपत्र नवीकरण गर्न अनुरोध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना जारी गरी इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो ।

‘सार्वजनिक निर्माणकार्य गर्न दिइने इजाजतपत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ’, पत्रमा भनिएको छ ।

उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । छ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।  इजाजतपत्र नवीकरण गराउन आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रसमेत अनिवार्य ल्याउन अनुरोध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved