भाइरल ‘हेडमिस’, जो टिकटक लाइभमा अर्धनग्न हुन्छिन्, अश्लील भिडिओ बनाउँछिन्

उनी शिक्षिका भएकाले कतिपयले ‘तिमी विद्यार्थीलाई के सिकाउँछौ, तिमीबाट केटाकेटीले के सिक्लान्?’ भन्दै लाइभमा प्रश्न सोधिरहेका हुन्छन्। लाइभ हेर्ने र गिफ्ट फाल्नेले फेरि माग थप्दै जान्छन् । ‘‘यो नि खोल, त्यो पनि खोल’’ भन्छन्।

नेपालभ्युज

भाइरल ‘हेडमिस’, जो टिकटक लाइभमा अर्धनग्न हुन्छिन्, अश्लील भिडिओ बनाउँछिन्

काठमाडौं। पछिल्लो समय उमा कट्वाल अर्थात् खोटाङकी एक प्रधानाध्यापकको भिडिओले टिकटकको ‘टाइमलाइन’ तातेको छ। उनलाई टिकटकमा पछ्याउनेको संख्या हजारौँ छ । २८/३० वर्षीया उमा कट्वाल ‘हेडमिस’ हुन्।

खोटाङ जन्तेढुङ्गा-१ देवीस्थानमा रहेको बाकुला आधारभूत विद्यालयमा उनी विद्यार्थीलाई पढाउँछिन्, सम्पूर्ण शिक्षकहरूको पनि प्रमुख हुन्।

तर, उमा विद्यार्थीलाई पढाउने मात्र गर्दिनन्, उरन्ठेउलो भिडिओ टिकटकमा बनाएर पोस्ट गर्नेदेखि लाइभमा अशोभनीय गतिविधिसमेत गर्दैआएकी छिन्। यही कारण उनी टिकटकमा भाइरल छिन्।

दिनहुँजसो विभिन्न टिकटक आईडीमार्फत् उनी राति–राति लाइभमा बस्ने गर्छिन्, त्यो पनि अर्धनग्न भएर। ‘उमा कट्वाल’ र ‘गाँजलु’ नामको दुईवटा आईडीबाट उनी भिडिओ पोस्ट गर्ने र लाइभ गर्ने गर्छिन्।

टिकटकबाट पैसा कमाउने ध्याउन्न : गिफ्ट माग्छन् नाम चलेका कलाकार

तपाईंले यी पङ्क्ति पढिरहँदा ती भाइरल हेडमास्टर उमा सम्भवतः टिकटक लाइभमा हुनसक्छिन्, वा भर्खरै कुनै उरन्ठेउलो भिडिओ पोस्ट गरेकी पनि हुनसक्छिन्।

नपत्याए, आफ्नो स्मार्टफोन स्क्रोल गर्नुस् त, यदि उनी लाइभमा छिन् भने यो संयोग मात्र हुने छैन। तर, होसियार है, एक्लै हेर्नुहोला। किनकि, उनका कतिपय भिडिओ परिवारमा बसेर हेर्न सकिँदैन, लाइभको कुरै नगरौँ।

टिकटकमा उनलाई पछ्याउने जमात उत्तिकै छ। लाइभमा जोडिएर हेर्नेहरू सयौँ पुग्छन्। कतिपयले मनपरी गाली गरिरहेका हुन्छन्। उनी शिक्षिका भएकाले कतिपयले ‘तिमी विद्यार्थीलाई के सिकाउँछौ, तिमीबाट केटाकेटीले के सिक्लान्?’ भन्दै लाइभमा प्रश्न सोधिरहेका हुन्छन्।

तर, उनलाई कसैको सुझाव वा गालीले असर गर्दैन। लाइभमा भिजिटर बढाउन उनी कहिले अर्धनग्न भएर देखिन्छन्। कतिपय भ्युअर्स उनको नग्न भिडिओमा मोहित हुन्छन्। लाइभमा जोडिनेहरूबाट कमेन्ट आउँछ, ‘‘ब्राको फित्ता देखाइदिनु न।’’

टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

उनले त्यो माग सहजै पूरा गरिदिन्छिन्। उनी यत्तिकैका रोकिन्नन्। लाइभको भिजिटर बढाउन र गिफ्ट बटुल्न उनी आफ्नो कपडा खोल्दै जान्छिन्। लाइभै कमेन्ट आउँछ ‘‘नाइटो पनि देखाइदिनुस् न।’’ त्यो माग पनि पूरा गर्न उनलाई कुनै आपत्ति हुँदैन, सहज देखाइदिन्छन्।

लाइभ हेर्ने र गिफ्ट फाल्नेहरूले फेरि माग थप्दै जान्छन्। ‘‘यो नि खोल, त्यो पनि खोल’’ भन्छन्। धन्न उनले लाइभमै चाहिँ अरू माग पूरा गरिदिएकी छैनन्।

फलोअर्स बढाउनेदेखि भाइरल हुने र गिफ्ट पाएर पैसा कमाउने लोभमा हेडमास्टर उमाले गरेका यस्ता हर्कतबाट स्थानीय आजित छन्। शिक्षक अनुशासित पेसा भएकाले विद्यार्थीलाई सत्मार्गमा डोर्‍याउँछन् भन्ने मान्यतालाई उनले चुनौती दिइरहेकी छन्।

युट्युबरको कठघरामा ऋषि धमलाको ‘चीरहरण’

जन्तेढुंगा-१ का वडाध्यक्ष केदारमान राई पनि बाकुला स्कुलकी ‘हेडमिस’ले टिकटकमा देखाएको हर्कतबाट स्थानीय र अभिभावकहरू आजित भएको बताउँछन्।

उनले भने, ‘‘सामाजिक सञ्जाल चलाउने उनको व्यक्तिगत अधिकार हो। आफ्ना केटाकेटीलाई बढाउने, सिकाउने गुरुआमाको अशोभनीय गतिविधिले अभिभावक र स्थानीय अचम्मित र आजित छन्।’’

अभिभावकहरू भन्छन्, ‘‘शिक्षक होस् वा अरू कुनै पेसाको व्यक्ति, उसलाई सामाजिक सञ्जालमा आफ्नो गतिविधि गर्न छुट छ। तर, सामाजिक सञ्जालमा अमर्यादित र अश्लील गतिविधि देखाउने ‘हेडमिस’ भएको स्कुलमा हाम्रा बच्चाले के सिक्लान्।’’

मान्छेका दु:ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved