रामपुर कृषि क्याम्पसको स्ववियु निर्वाचनमा धाधँली भएको कांग्रेसको आरोप

नेपालभ्युज

रामपुर कृषि क्याम्पसको स्ववियु निर्वाचनमा धाधँली भएको कांग्रेसको आरोप

काठमाडौं। नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा धाधँली भएको आरोप लगाएको छ ।

कांग्रेसले क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी मतदानको सूचना निकालेर चुनाव गराएको दाबी गरेको छ ।

शुक्रबार भएको निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ ।

चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादवलाई कुटेर घाइते बनाएको कांग्रेसले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved