नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि

नेपालभ्युज

नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि

काठमाडौं । पछि परेको अवस्थालाई उल्टाउँदै शुक्रवार लाओस विरुद्ध २–१ को जित निकालेपछि नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भएको हो ।

पछि परेको नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गर्दै उपाधि दिलाउन सफल भएका हुन् । प्रतिष्पर्धात्मक बनेको खेलमा पाहुना टोली लाओसले शुरुवात भने आक्रामक गरेको थियो ।

१७ औं मिनेटमा फौटाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।

२४ औं मिनेटमा आयुष घलानले नेपाललाई बराबरीमा ल्याए । एरिक बिष्टले उपलब्ध गराएको पासलाई आयुषले पेनाल्टी क्षेत्रबाट अगाडि बढाउँदै जाली चुमाउन सफल भएका थिए ।

५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दीपक सिंह ठकुरीबीच तालमेल अभावमा अवसर खेर जान पुग्यो । ५८ औं मिनेटमा नविन लामाको कर्नरमा अनन्त तामाङको हेडरले गोलको दिशा लिन सकेन ।

६१ औं मिनेटमा आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर प्रयास पोस्टमाथिबाट बाहिरिएको थियो । त्यसको सात मिनेटमा निशान खड्काको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएको थियो ।

७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अञ्जन बिष्टको कडा प्रहार रिबाउन्डमा मनिष डाँगीले गोल गरे पनि रेफ्रिले अफसाइडको इसारा गरे । ८७ औं मिनेटमा मनिषले अञ्जन बिष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरे ।

जितसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । प्रतियोगितामा आयुष घलानले सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५ सय डलर हात पारे । प्रतियोगितामा तीन टोलीको सहभागित थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved