१७ करोड बराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले १७ करोडभन्दा बढी मूल्य बराबरको लागुऔषध कोकिनसहित दुई भारतीय महिला पक्राउ गरेको छ।

नेपालभ्युज

१७ करोड बराबरको कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले १७ करोडभन्दा बढी मूल्य बराबरको लागुऔषध कोकिनसहित दुई भारतीय महिला पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सरचिप मेजोरम ठेगाना भएकी ४५ वर्षकी भल्ला लामी र सोही स्थानकी २९ वर्षकी इस्टर लालिम्पुरी रहेका प्रहरीले जनाएको छ।
भल्ला लामी त्रिभुवन विमानस्थल हुँदै नयाँ दिल्ली कोकिन लैजान लागेको अवस्थामा र लालिम्पुरी ठमेलस्थित होटेलबाट पक्राउ परेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए।


चैत्र १४ गते करिब सवा ११ बजे इन्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थलहुँदै नयाँ दिल्ली जान लागेको अवस्थामा भल्ला लामीले लगेजभित्र चारवटा लेडिज ब्यागमा फल्सबटम बनाई लुकाएको अवस्थामा २.८८७ केजी कोकिन फेला पारेको थियो।

त्यसैगरी, विशेष सूचनाको आधारमा सोही दिन करिब सवा ५ बजे ठमेलस्थित होटेलबाट लालिम्पुरीको सुटकेसभित्र फल्सबटम बनाई लुकाएको अवस्थामा ५ केजी कोकिन फेला परेको खनालले जानकारी दिए।
पक्राउ परेको ७.८८७ केजी कोकिनको बजारमूल्य १७ करोड ३ लाख ५१ हजार २ सय रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved