मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भेट्दै, संसदमा विधेयक दर्ता गर्ने तयारी

१२ दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भेट्ने भएका छन्। यद्यपि, भेटघाटको समय भने तय भने भईनसकेको जनाइएको छ।

नेपालभ्युज

मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भेट्दै, संसदमा विधेयक दर्ता गर्ने तयारी

काठमाडौं। १२ दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भेट्ने भएका छन्। यद्यपि, भेटघाटको समय भने तय भने भईनसकेको जनाइएको छ।

सरकारले उनीहरूसँग छलफल गर्न गठन गरेको समितिले पीडितहरूसँग वार्ता गरेपछि प्रधानमन्त्रीले भेट्न लागेका हुन्। आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको जनाइएको छ।

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ।

बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ। वार्ताटोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल छन्।

वार्ताटोलीलाई मिटरब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारे प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ। पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारिलाई पीडितहरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved