अनन्तको गोलसँगै पहिलो हाफमा नेपाल अगाडि, सनिशको डेब्यू

नेपालभ्युज

अनन्तको गोलसँगै पहिलो हाफमा नेपाल अगाडि, सनिशको डेब्यू

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा लाओसविरुद्ध नेपालले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले लाओसमाथि १–० गोलअन्तरले अग्रता लिएको हो। नेपालको लागि अनन्त तामाङले गोल गरे।

खेलको ३० औँ मिनेटमा नेपालले पाएको कर्नर किकमा उनले हेडर गोल गरे। नेपालको लागि अनन्तको यो तेस्रो गोल हो।

यससँगै सुरुवाती–११ मा पर्दैँ डिफेन्डर सनिश श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्। सनिश अहिले एपीएफ क्लबमा आबद्ध छन्।

नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्दैँछ । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved