सरकारमा जाने तयारीमा एकीकृत समाजवादी, बनायो कार्यदल

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल बनाएको हो।

नेपालभ्युज

सरकारमा जाने तयारीमा एकीकृत समाजवादी, बनायो कार्यदल

काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने तयारी गरेको छ ।

सरकारमा सहभागी हुनुभन्दा अघि उसले एक कार्यदल बनाएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालकाअनुसार उक्त कार्यदलले छलफल गरेपछि बनेको ‘प्याकेज’अनुसार मात्रै एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछ ।

उक्त कार्यदलले सरकारमा सहभागी हुने नेताबारे समेत छलफल गर्नेछ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उक्त कार्यदल बनाएको छ । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेका छन् ।

कार्यदलले गठबन्धनका अरू दलहरूसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को-को सरकारमा सहभागी हुनेछन् भन्नेबारे छलफल गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved