चार दिन भित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

चार दिन भित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका  हुन् ।

प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानदेखि नै छलफल सुरु गर्ने पनि स्पष्ट पारे ।

उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने दाबी समेत गरे ।

प्रधानमन्त्रीले भने, ‘विश्वासको मत प्राप्त भईसकेपछि भोली विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलसँग हाम्रो गठबन्धन भएको छ, सबैसँग बसेर २-४ दिन भित्रमै सबै टुंग्याउने विचार छ ।’

उनले अगाडी भने,  ‘भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ । जति भयो त्यो चाँही पर्याप्त छ । अव आरामसँग सरकार चल्छ । अव विकास, निर्माणको कामले गति लिन्छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved