प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदै

यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिएका थिए ।  प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिएका थिए ।  प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।

त्यतिबेला सरकारमा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार फेरि विश्वासको मत लिन लागेका हुन् । पहिलोपटक विपक्षी कांग्रेसकोसमेत समर्थन पाएका प्रधानमन्त्रीले यसपटक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीबाहेकका सांसदको मत पाउने सम्भावना छ ।

प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्‍याउनुपर्छ । प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एक/एक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना छ ।

बहुमत सांसदले मत दिने निर्णय गरिसकेकाले  प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने पक्का छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved