स्ववियु निर्वाचन : ६० प्रतिशत मत खसेको प्रक्षेपण

नेपालभ्युज

स्ववियु निर्वाचन : ६० प्रतिशत मत खसेको प्रक्षेपण

काठमाडौं । स्ववियु निर्वाचनमा मतदानको समय घर्किएको छ । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये केहीबाहेक सबैमा मतदान सकिएको छ ।

केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनकरूपमा मतदान सकिएको बताए । ‘लामो समयपछि भएको मतदानमा निकै उत्साहपूर्वक सहभागिता देखियो,’ उनले भने ।

केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनले बताए ।

संघीय राजधानी काठमाडौंभित्रका क्याम्पसहरूमा भने अपेक्षित मतदान नभएको उनले बताए । ‘बाहिरका भन्दा अलिक कम मत खसेको हो कि भन्ने हाम्रो अनुमान छ । यो अनपेक्षित हो,’ उनले भने ।

कतिपय क्याम्पसहरूमा भने मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ ।

त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिनमार्फत मतदान भएको हो ।

ती क्याम्पसहरूमा केही समयमा नै निर्वाचन मत परिणाम सार्वजनिक गरिनेछ ।

त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१, बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved