उपराष्ट्रपति चयनका लागि मतदान सुरु

नेपालभ्युज

उपराष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं। उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको हो ।  दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो ।

उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । तर निर्धारित समयमा उम्मेदवारी फिर्ता नलिएकाले उनको नाम पनि मतपत्रमा कायमै छ ।

सत्ता गठबन्धनले उपराष्ट्रपतिमा सहमति जुटाउने प्रयास गरेपनि त्यो सफल भएन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले जनमतकी ममता झालाई छुट्टै अघि सारेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved