पद्योदयलाई देशकै नमुना विद्यालय बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

नेपालभ्युज

पद्योदयलाई देशकै नमुना विद्यालय बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालय बनाउनुपर्ने बताएका छन् । सोमवार पद्योदय विद्यालयको ७५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पद्योदय विद्यालयलाई देशकै नमुना विद्यालयको रूपमा स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । उनले प्रधानमन्त्री दाहालले विद्यालयको विकासका लागि अधिकतम सहयोग गर्ने अपेक्षा राखेको बताए ।

उनले भने, ‘पद्योदयलाई देशभरकै नमुना स्कुल बनाउनुपर्छ । प्रधानमन्त्रीले यसका लागि के गर्न सक्नुहुन्छ । त्यो गर्नुहुन्छ भन्ने आशा छ । यसलाई देशभरकै नमुना स्कुल बनाउन सकिन्छ । उनको अधिकतम सहयोग हामीले प्राप्त गर्नेछौँ । देशको प्रधानमन्त्री स्कुलको वार्षिकोत्सवमा आउनु भनेको साह्रै ठूलो कुरा हो । प्रधानमन्त्री आउनु आफैँमा गर्वको कुरा हो ।’

पूर्वसभामुख ढुंगानाले शैक्षिक, भौगोलिक धरातल राम्रो बनाउन प्रधानमन्त्री दाहालले सहयोग गर्ने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved