अदालतको डरले उपराष्ट्रपतिमा एउटै पार्टीबाट २ उम्मेदवार

नेपालभ्युज

अदालतको डरले उपराष्ट्रपतिमा एउटै पार्टीबाट २ उम्मेदवार

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका जनता समाजवादी पार्टीबाटै दुई जना उम्मेदवारले आइतबार मनोनयन दर्ता गराए । योसँगै चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी कायम रहेको छ ।

जसपाबाट प्रतिनिधिसभा सांसद रामसहायप्रसाद यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । उम्मेदवारी दिएका चारमध्ये तीनजना त ९ दलीय सत्ता गठबन्धनकै हुन् ।

जसपाले उपराष्ट्रपतिमा दुई जनाकै उम्मेदवारी कायमराख्नुका पछाडि सर्वोच्च अदालतमा पर्नेसक्ने रिटलाई कारण मानिएकोछ ।

जसपा स्रोतका अनुसार पार्टीको आधिकारिक उम्मेदवार रामसहाय हुन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको अवस्थामा पार्टीको आधिकारिक उम्मेदवार रामसहायको उम्मेदवारी खारेज हुनसक्ने संभावनालाई मध्यनजर गर्दै विकल्पको रूपमा प्रमिलाकुमारीको उम्मेदवारी कायम राखेको जसपाका एक नेताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved