संघीय संसदका ३१३ र प्रदेशका ५१८ सांसदले मतदान गरे

फरार सांसद कोइरी सहित २१ अनुपस्थित

नेपालभ्युज

संघीय संसदका ३१३ र प्रदेशका ५१८ सांसदले मतदान गरे

काठमाडौं। राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतगणना  अपराह्न ३:३० बजेबाट हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार संघीय संसदका ३१३ र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन् ।  राष्ट्रपति उम्मेदवार पौडेलको तर्फबाट रमेश लेखक र सुवास नेम्वाङको तर्फबाट महेश कुमार बर्तौला मतगणनाका लागि प्रतिनिधि खटिएका छन् ।

त्यसैगरी, मतदाता नामावलीमा नाम भए पनि एमाले सांसद लक्ष्मी महतो कोइरी मतदान स्थलमा देखिएनन् । महोत्तरी १ बाट निर्वाचित एमाले सांसद कोइरी फरार सुचीमा छन् । त्यसैगरी, निलम्बनमा परेका कांग्रेस सांसद टेकबहादुर गुरुङ पनि निर्वाचन स्थलमा उपस्थित भएनन्।

राष्ट्रपतिबाट शपथ लिएर उपप्रधानमन्त्री समेत भइसकेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि भोट दिन गएनन् । अध्यक्ष लिङ्देनसहित उनको पार्टीका सबै सांसद मतदानमा सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेस सांसद चन्द्र भण्डारी भारतमा उपचाररत, माओवादी सांसद वर्षमान पुन चीनमा उपचाररत रहेकाले उनीहरूले पनि मतदान गरेनन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved