मुद्रास्फीति घटाउन आवश्यक कदम चाल्ने ईसीबी प्रमुखको प्रतिवद्धता

नेपालभ्युज

मुद्रास्फीति घटाउन आवश्यक कदम चाल्ने ईसीबी प्रमुखको प्रतिवद्धता

जेनेभा । युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अध्यक्ष क्रिस्टीन लेगार्डले उच्च मुद्रास्फीति घटाउन र मूल्य स्थिरता कायम गर्न आफ्नो तर्फबाट उपयुक्त कदम चाल्ने बताएका छन‍् ।

जेनेभामा आयोजित विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा बोल्दै लेगार्डले युरो क्षेत्रका अधिकांश देशहरूमा देखिएको मुद्रास्फितिसँग जुध्न ईसीबीले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

‘हामी त्यो मूल्य स्थिरता पुनः स्थापित गर्नेछौं र आवश्यक जे कदम चाल्नु परे पनि पछि हट्ने छैनौँ,’ उनले भने ।

उनले भने, ‘उच्च मुद्रास्फीतिको मुख्य शिकार हुनेहरू विपन्न, कमजोर छन् । यो राम्रो स्थिति होइन ।’

विश्व व्यापार सङ्गठनका प्रमुख नगोजी ओकोन्जो–इवेलासँग अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै लेगार्डले मुद्रास्फीतिको समस्या सबैभन्दा बढी महसुस गर्नेमा महिला रहेको बताए ।

उनले भने, ‘सबैभन्दा कम तलब पाउने महिला नै हुन् ।’

ईसीबीले मुद्रास्फीतिलाई दुई प्रतिशतको लक्ष्यमा फर्काउन गत जुलाईदेखि अभूतपूर्वरूपमा ब्याज दर बढाएको छ ।

गत हप्ता, लेगार्डले भने, ‘यूरोक्षेत्रमा थप ब्याज दर वृद्धिको आवश्यकता हुन सक्छ किनकि यसले पहिले नै सङ्केत गरेको आधा प्रतिशत अङ्कको वृद्धि यस महिनाको अन्त्यमा आउनेछ । ‘ईसीबीको अध्यक्षको रूपमा, मेरो काम सीमित छ, तर यो गम्भीर रूपमा महत्त्वपूर्ण छ, र यो मूल्य स्थिरता हो,’ उनले भने ।

उनले युक्रेनविरुद्धको भयानक युद्धले निम्त्याएको ऊर्जा सङ्कटले उत्पन्न गरेको मुद्रास्फीतिसँग लड्नु विश्व समुदायको बाध्यता बनेको पनि बताए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved