द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बनौं : डा भट्टराई

नेपालभ्युज

द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण आयोगबाट हल गर्न सबै गम्भीर बनौं : डा  भट्टराई

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा  सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्नुपर्ने बताएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा भट्टराईले मंगलबार सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै  आयोगमार्फत यस विषयलाई छिटो हल गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने धारणा सार्वजनिक गरेका हुन् ।

‘द्वन्द्वकालीन मुद्दा गिजोल्ने हैन सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत छिटो हल गर्न सबै पक्ष गम्भीर बनौं, ’ उनले फेसबुकमा लेखेका छन् ।

उनले आज बिहान बालुवाटारमा ८ दलको बैठक बसेर यस मुद्दालाई राजनीतिक तवरबाट टुंगो लगाउन एकजुट भएको उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved