विशेष अदालतले गरेको ४ मुद्दाको फैसलामा बुझेन अख्तियारको चित्त, सर्वोच्चमा हाल्यो पुनरावेदन

चालु आर्थिक वर्ष २०७९\८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गरेको अख्तियारले फेरि ४ मुद्दाउपर पुनरावेदनमा गएको छ।

नेपालभ्युज

विशेष अदालतले गरेको ४ मुद्दाको फैसलामा बुझेन अख्तियारको चित्त, सर्वोच्चमा हाल्यो पुनरावेदन

काठमाडौं। चालु आर्थिक वर्ष २०७९\८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गरेको अख्तियारले फेरि ४ मुद्दाउपर पुनरावेदनमा गएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो। यसअघि पनि अख्तियार केही मुद्दा लिएर सर्वोच्च गएको थियो।

पछिल्लो पटक अख्तियार गैरकानूनी लाभ तथा हानी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, राजस्व हिनामिना र गलत लिखत सम्बन्धी गरी ४(चार) वटा मुद्दा लिएर सर्वोच्च अदालतमा गरेको हो।

‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, राजस्व हिनामिना र गलत लिखत सम्बन्धी गरी ४(चार) वटा मुद्दाहरूमा आयोगको निर्णय अनुसार मिति २०७९। ११। २३ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको विवरण देहायअनुसार रहेको छ,’’ अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved