राष्ट्रपति निर्वाचनबारे राप्रपाले भोलि निर्णय लिने

नेपालभ्युज

राष्ट्रपति निर्वाचनबारे राप्रपाले भोलि निर्णय लिने
फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे भोलि (बुधबार) निर्णय लिने भएको छ। राप्रपा अघिल्लो गठबन्धन सरकारमा थियो।

संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएको राप्रपामा राष्ट्रपति निर्वाचनबारे चासो राख्नै नहुने मत पनि छ। पार्टीको कार्यसम्पादन समितिको बैठकले यसबारे निर्णय लिने बताइएको छ।

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन भनेरै बैठक बोलाएको एक नेताले बताए ।‘यसबारे अहिले बोल्न मिल्दैन, बुधबार दिउँसो १ बजे बैठक बसेर निर्णय लिन्छौं’ ती नेताले भने–‘राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुनेछ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । तर, राप्रपाले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय लिएको छैन ।

राप्रपाले राष्ट्रपति चुनावलाई प्राथमिकता नदिएको बताइन्छ । सरकार छाड्ने विषयमा पनि पार्टीभित्र दुई धार रहेको र राष्ट्रपति निर्वाचनमा पनि त्यस्तै मत बाझिएको स्रोतको भनाइ छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved