होली मनाउन सुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाइ

नेपालभ्युज

होली मनाउन सुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाइ
फाइल तस्वीर

काठमाडाैं। होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। काठमाडौं उपत्यकामा साेमबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

होली पर्वको अवसरमा मानिसहरू उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।

साथै, प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छतलगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved