आईएमई पेदेखि फ्री सेन्ड मनीको प्रयोग बढ्दै 

नेपालभ्युज

आईएमई पेदेखि फ्री सेन्ड मनीको प्रयोग बढ्दै 

काठमाडौं। आईएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ। उक्त विशेषताले नै सेवाग्राहीबीच आईएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीले सबैभन्दा बढी मन पराएको पाइएको छ।

‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आईएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा ‘आईएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो।

यस्तो अनुमति पाउने आईएमई डिजिटल सोलुसन देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आईएमई डिजिटल सोलुसनले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन्।

यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महसुल भुक्तानी, लोकसेवा परीक्षार्थीहरूले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

यसैगरी आन्तरिक राजस्व विभाग तथा कार्यालयहरूको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकारअन्तर्गतका नगर तथा वडा कार्यालयहरूलाई बुझाउनुपर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, ईएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरूमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

आईएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधाप्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved