ज्ञानेन्द्र शाहलाई आन्दोलनमा सरिक हुन आह्वान गर्दै दुर्गा प्रसाईं सडकमा

नेपालभ्युज

ज्ञानेन्द्र शाहलाई आन्दोलनमा सरिक हुन आह्वान गर्दै दुर्गा प्रसाईं सडकमा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यलाई समेत संघीयता खारेजीको अभियानमा लाग्न आह्वान गर्दै व्यापारी दुर्गा प्रसाईंले नयाँ आन्दोलन घोषणा गरेका छन्।

व्यवसायी प्रसाईंले ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा प्रसाईंले आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा जनाएका छन्।

उनले पुनः प्रजातन्त्र प्राप्तिका लागि आमनेपाली जनसमुदायलाई माया गर्दै पूर्वराजालगायत राजपरिवारका सदस्यलाई नागरिकको हैसियतमा यो आन्दोलनमा सहभागी हुन नेपालको संविधानले कुनै अवरोध नगर्नेसमेत बताए।

विज्ञप्तिमा महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दूराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने माग गरेको छ।

यस्तै, २० लाखभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघ-संस्थाहरूको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा एक सय जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्ने जस्ता माग पनि गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved