सशस्त्रका ४ डीआईजीको पदस्थापना, ११ जनाको सरुवा (सूचीसहित)

नेपालभ्युज

सशस्त्रका ४ डीआईजीको पदस्थापना, ११ जनाको सरुवा (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पदस्थापना गरेको छ ।

डीआईजी सुरेश कुमार श्रेष्ठलाई एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ । अञ्जनी कुमार पोखरेललाई नम्बर–१ बराह बाहिनी मुख्यालय, दिपेन्द्र शाहलाई नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय र पुरुषोत्तम थापालाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालयमा पदस्थापना गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णय अनुसार डीआईजी ई.किशोर प्रधानलाई मानवश्रोत विभाग, शम्भु सुवेदीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र काली दास धौबजीलाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा र कुमार न्यौपानेलाई नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ ।

यस्तै लक्ष्मण बहादुर सिंहलाई नम्बर–३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा गरिएको छ भने प्रदीप कुमार पाललाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

हेर्नुस् सूची 


 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved