नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आईएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

नेपालभ्युज

नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आईएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

काठमाडौं। आईएमई पे र नेपाल एयरलाइन्सबीच आईएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताका रूपमा रहने सम्झौता भएको छ।

सम्झौताअन्तर्गत ग्राहकले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आईएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन्।

नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकताअनुरूपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आईएमई पे छनोट गरी सजिलै भुक्तानी गर्न सकिनेछ।

ग्राहकलाई भुक्तानी प्रक्रिया सहज पार्न र साथै विद्युुतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको कम्पनीले जनाएको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved