पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते

नेपालभ्युज

पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको विष्फोटक पदार्थलाई रिमोट कन्ट्रोल डिभाइसले विष्फोट गराइएको थियो ।

घटनास्थलमा प्रहरी, सुरक्षाकर्मी र उद्धार टोली पुगेपछि मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । उक्त क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसअघि शनिबार साँझ बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात आतङ्ककारीले बम प्रहार गर्दा दुई प्रहरीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved