आईएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

नेपालभ्युज

आईएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

काठमाडौं। आईएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रर्वद्धन आईएमई पेले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ ।

भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आईएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved