ग्यास सिलिन्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र आमा हरिकला गम्भीर घाइते

नेपालभ्युज

ग्यास सिलिन्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र आमा हरिकला गम्भीर घाइते
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी ग्यास सिलिन्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन् । बुधबार राति ग्यास विष्फोटमा परेर ८६ वर्षिया आमा हरिकलासँगै नेता भण्डारी घाइते भएका हुन् ।

दुवैको गम्भीर अवस्थामा उपचार भइरहेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । दुवैको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

राति अस्पताल पुगेका महामन्त्री शर्माले फर्केपछि सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ l अस्पतालबाट भर्खर फर्किएको छु l ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरिरको भागमा असर पुगेको छ ।

भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट भएको बताइएको छ । भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved