ट्राफिक नियमविरुद्ध उत्रिए यातायात मजदुर

नेपालभ्युज

ट्राफिक नियमविरुद्ध उत्रिए यातायात मजदुर

काठमाडौं।  ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरू आन्दोलित बनेका छन् । सोमबार यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् । केहीबेर अघिदेखि उनीहरू सडकमा सवारी साधन तेर्स्याएर बालाजुमा सडक अवरुद्ध गरेका छन् ।

मजदुरहरूले बीच सडकमै सवारी साधन राखेर अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ ।

प्रहरी वृत्त बालाजुका अनुसार बालाजु चोकबाट माछापोखरीसम्म सडक अवरुद्ध छ । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयास जारी रहेको वृत्तका प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved