फिफा वर्ष खेलाडीको लागि मेसी, एमबाप्पे र बेन्जिमा मनोनयनमा

नेपालभ्युज

फिफा वर्ष खेलाडीको लागि मेसी, एमबाप्पे र बेन्जिमा मनोनयनमा

एजेन्सी ।  फिफा वर्ष खेलाडी २०२२ को अन्तिम मनोनयन सार्वजनिक भएको छ ।  फिफाले गएराति मेसीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो। विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले उपाधिका लागि फ्रान्सका  केलियन एम्बाप्पे र करिम बेन्जिमासँग प्रतिस्पर्धा गर्नेछन् ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।

अवार्डका मुख्य दाबेदार मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए।

यस्तै फाइनलमा पुगेको फ्रान्सका लागि ह्याट्रिक गरेका एम्बाप्पे र सन् २०२२ को बालेन डि’ओर विजेता बेन्जिमा पहिलो पटक उत्कृष्ट तीनमा परेका हुन्। विजेताको घोषणा २७ फेब्रुअरीमा पेरिसमा  हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved